Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सोमबार काठमाडौं उपत्यकामा भेटिए ६ संक्रमित


    सोमबार, साउन १२ २०७७
    760
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् । 

    यसरी भेटिएकामध्ये पाटन अस्पतालमा ललितपुरका तीन जना, त्रिवि शिक्षण अस्पतालमा काठमाडौंमा एकजना र स्टार अस्पतालमा काठमाडौंको दुई जना हुन् । 

    सोमबार देशभर १ सय ३५ जना काेराेना संक्रमित भेटिएका छन् ।

    आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ५ सय ६९ जना पुगेको छ। काठमाडौं उपत्यकाका ६ जना संक्रमित भेटिएको छ ।

    नेपालमा पछिल्लाे २४ घण्टामा ६ सय २६ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १३ हजार ७ सय ५४ पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ४ हजार ९ सय ५० रहेको छ । 

    सोमबारसम्ममा १६ हजार ३ सय ७९ जना अझै क्‍वारेन्टिनमा रहेका छन् ।

    नेपालमा अहिलेसम्म तीन लाख ४२ हजार ४५७ जनामा पीसीआर परीक्षण गरिएको छ। संक्रमणबाट ४८ जनाको मृत्यु भएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार