Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २० दिनपछि पहिचान खुल्यो सवारी दुर्घटनामा मृत्यु हुनेको


    सोमबार, साउन १२ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सडक दुर्घटनामा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुनेको २० दिनपछि पहिचान खुलेको छ ।

    मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका– ९ का ६० वर्षीय हर्कजित लामा रहेका छन् । असार २१ गते बेलुका बौद्धमा गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका लामाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको थियो ।

    महानगरीय प्रहरी वृत बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले भने, ‘ट्रमा सेन्टरमा २० दिनसम्म बेवारिसे अवस्थामा रहेको लामाको शवलाई लामाकी श्रीमतीबाट आज पहिचान भइसकेको छ ।’

    दुई महिनाअघि ज्याला मजदूरी गर्छु भनेर लामा काठमाडौँं हिँडेको परिवारले बताएको छ ।

    ठक्कर दिएर भागेको चालक र गाडीलाई महानगरीय प्रहरी वृत्त बौद्धले चार दिनपछि नियन्त्रणमा लिएको थियो । गाडी चालक १७ वर्षीय राजकुमार पुलामी मगर रहेको प्रहरीले जनाएको छ ।

    गाडी चालकमाथि सवारी ज्यान मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार