Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फेसबुक ह्याक गर्दै ठगी गर्ने पक्राउ


    सोमबार, साउन १२ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्काको फेसबुक आईडी ह्याक गरेर लाखौं ठगी गर्ने एक जना पक्राउ परेका छन् । सुनसरी दुहबीका २३ वर्षीय सविर आलमलाई प्रहरीले पक्राउ गरेको हो । 

    आलमले अर्काको फेसबुक आईडी ह्याक गर्ने उनी उनका आफन्तलाई आफू समस्या परेको बताउँदै आफ्नो खातामा पैसा हाल्न लगाएको प्रहरीले जनाएको छ । 

    महानगरीय प्रहरी महाशाखाको टोलीले सुनसरी प्रहरीसँग समन्व गरी आलमलाई पक्राउ गरेको हो । १० दिन अघि ५० लाख र २५ लाख ठगी भएको उजुरी आएपछि आलमको खोजी कार्य सुरु गरिएको हो । पक्राउ परेका आलम विरुद्ध ठगी मुद्दामा उजुरी परेको थियो ।

    आलममाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार