Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमित प्रहरीको संख्या बढ्दै , एकैदिन २१ मा देखियो संक्रमण


    सोमबार, साउन १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । देशभरमा आइतबार मात्र २१ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । २१ जना थपिएसँगै प्रहरीमा संक्रमितको संख्या १ सय ४० पुगेको छ । पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएपछि उच्च सतर्कता अपनाउन निर्देशन दिइएको प्रहरी प्रवक्ता नीरज शाहीले जानकारी दिए ।

    संक्रमितमा ६ इन्स्पेक्टर, आठ सई, नौ असई, ४२ हवल्दार, ७४ प्रहरी जवान र एकजना कार्यालय सहयोगी छन् ।

    ती मध्ये तीन महिला र १ सय ३७ पुरुष छन् । संक्रमित प्रहरीमा प्रहरी प्रधान कार्यालयसहित काठमाडौंका १३, भक्तपुरका एक, धनकुटाका दुई, मोरङका २५ छन् । बाराका सात, धनुषाका १२, सर्लाहीका दुई, सिरहाका तीन, सप्तरीका चार, रौतहटका चार, महोत्तरीका दुई, तनहुँका दुई, नवलपरासीका पाँच, बागलुङका एक र स्याङ्जाका तीनजना छन् ।

    यस्तै बाँकेका दुई, कपिलवस्तुका ६, गुल्मीका एक, बर्दियाका दुई, दाङका दुई, प्युठानका दुई, जुम्लाका दुई, जाजरकोटका एक, दैलेखका १४, सुर्खेतका आठ, डोल्पाका दुई, कञ्‍चनपुरका चार, अछामका दुई र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार