Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाको कारण भारतमा एकैदिन ७ सय ८ जनाको ज्यान गयाे


    सोमबार, साउन १२ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतमा एकैदिन झण्डै ५०  हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ९ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसहित भारतमा कुल संक्रमितको संख्या १४ लाख नाघेकाे छ ।

    यस्तै भारतमा काेराेनाका कारण एकैदिन ७ सय ८ जनाको ज्यान गएकाे छ । याेसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या  ३२ हजार ७ सय ७१ पुगेको छ ।

    समाचार एजेन्सीकाअनुसार विश्वभर पछिल्लो २४ घण्टामा संक्रमण हुनेको सङ्ख्या २ लाख १४ हजारभन्दा बढी रहेकाे छ । यसैबीच स्पेनले कोरोना भाइरसका संक्रमणहरु फाट्टफुट्ट देखिए पनि अवस्था सामान्य बनिसकेको जनाएको छ । 

    स्पेनमा कोरोनाको दोस्रो लहर चलिरहेको आशङ्का गरिएका बेला स्पेनले अवस्था सामान्य बनिसकेको र पर्यटकका लागि सुरक्षित भइसकेको दावी गरेको हो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार