Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पीयूका परीक्षाहरु भदौ अन्तिमबाट सुरु हुने


    सोमबार, साउन १२ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लामो समयदेखि जारी लकडाउनका कारण स्थगित परीक्षाहरुको मिति धमाधम सार्वजनिक हुँदै छ। पोखरा विश्वविद्यालय (पीयू) ले पनि स्थगित परीक्षाको बारेमा जानकारी दिएको छ ।

    पीयूले सूचना जारी गर्दै रोकिएका परीक्षाहरु भदौ अन्तिमबाट सुरु हुने जनाएको हो । ती परीक्षाहरु दशैंअघि सकिसक्ने समेत सूचनामा उल्लेख छ । 

    यसरी परीक्षा सञ्चालन गरिँदा सुरक्षा मापदण्ड अपनाइने समेत भनिएको छ । सरकारले भदौ देखि परीक्षा सञ्चालन गर्न सकिने जनाएको थियो । तर त्यसअघिको अवस्था हेरेर मात्र अन्तिम निर्णय हुने भनिएपनि विश्वविद्यालयहरुले परीक्षाको मितिहरुको बारेमा गृहकार्य थालेका छन् ।

    यसअघि त्रिभुवन विश्वविद्यालयले पनि भदौको पहिलो साताबाट परीक्षा सञ्चालन गर्न सकिने जनाएको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार