काठमाडौं । सशस्त्र प्रहरी बल (एपिएफ) नेपालले प्रवक्तामा राजु अर्याललाई नियुक्त गरेको छ । एपिएफले सशस्त्र प्रहरी नायव महानिरीक्षक अर्याललाई आजकै मितिबाट कार्यभार सम्हाल्ने गरी नियुक्त गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
अर्याल यसअघि प्रदेश २ स्थित सशस्त्र प्रहरी बाहिनीमा कार्यरत थिए । यसअघि प्रवक्ता रहेका प्रवीणकुमार श्रेष्ठ उपत्यका बाहिनीमा सरुवा भएका थिए ।
एपिएफका अनुसार संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाहका लागि अर्याललाई ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।