Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • न्यायाधीशमा पनि देखियो कोरोना


    आइतबार, साउन ११ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सप्तरीको उच्च अदालतका एक जना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ।

    उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीशमा आइतबार कोरोना संक्रमण पुष्टि भएको सप्तरी जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

    आइतबार सप्तरीमा न्यायाधीश, प्रहरीसहित सात जनामा कोरोना संक्रमण पुष्टि भएको प्रमुख यादवले बताए। यस अघि उच्च अदालतका सहसचिव स्तरका एक जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनलाई संक्रमण देखिएको एक साता नबित्दै न्यायाधीशमा संक्रमण पुष्टि भएको हो।

    आइतबार देशभर १ सय ३० जना काेराेना संक्रमित भेटिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ५ सय ६९ जना पुगेको छ।  

    नेपालमा पछिल्लाे २४ घण्टामा ७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १३ हजार १ सय २८ पुगेकाे छ ।

    नेपालमा अहिलेसम्म तीन लाख ४२ हजार ४५७ जनामा पीसीआर परीक्षण गरिएको छ। संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार