काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसको जानकारी दिएका हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा दुई जना, शुक्रराज ट्रपिकल तथा तथा सरुवा रोग अस्पताल टेकुमा तीन जना, स्टार अस्पतालमा तीन जनासहित आठ जना भेटिएका हुन् ।
काठमाडौंमा आठसहित आइतबार देशभर १ सय ३० जना काेराेना संक्रमित भेटिएका छन् ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ६ सय १ जना पुगेको छ। काठमाडौं उपत्यकाका आठ जना संक्रमित भेटिएको छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा ७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १३ हजार १ सय २८ पुगेकाे छ ।
नेपालमा अहिलेसम्म तीन लाख ४२ हजार ४५७ जनामा पीसीआर परीक्षण गरिएको छ। संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ।