Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुरे क्षेत्रबाट बस्ती हटाउन र वृक्षारोपण गर्न लक्ष्मणलाल कर्णको सुझाव


    बिहिबार, जेष्ठ १९ २०७९
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । लोकतान्त्रिक समाजवादीका सांसद लक्ष्मणलाल कर्ण चुरे क्षेत्रबाट बस्ती हटाउनुपर्ने बताएका छन् । 

    प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा  आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले चुरे संरक्षणका लागि सो क्षेत्रबाट बस्ती हटाउनुपर्ने र वृक्षारोपण गर्नुपर्ने बताएका छन् । 

    चुरे संरक्षण भएमा मधेशका बस्ती जोगिने भन्दै कर्णले भने, ‘चुरे संरक्षण गर्न वृक्षारोपण गर्नुहोस् । चुरेमा भएका बस्ती हटाउनुहोस् । चुरे संरक्षण भयो भने मधेशका जग्गा बच्छ ।’ 

    चुरे संरक्षण नभएमा १० वर्षमा मधेश मरभूमिमा परिणत हुने भन्दै उनले बजेट बनाउने क्रममा प्रदेश सरकारसँग छलफल नगरेकोमा आपत्ति जनाए । 

    चुरे संरक्षण गर्ने विषयमा गफ मात्रै भएको टिप्पणी गरेका कर्णले चुरे संरक्षण गर्ने विषयमा गम्भीर भएर लाग्नुपर्नेमा जोड दिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार