काठमाडौं । आइतबार देशभर १ सय ३० जना काेराेना संक्रमित भेटिएका छन् । गत २४ घण्टामा गरिएकाे पीसीआर परीक्षणबाट यी संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ५ सय ६९ जना पुगेको छ। काठमाडौं उपत्यकाका आठ जना संक्रमित भेटिएको छ ।
नेपालमा पछिल्लाे २४ घण्टामा ७५ जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १३ हजार १ सय २८ पुगेकाे छ ।
नेपालमा अहिलेसम्म तीन लाख ४२ हजार ४५७ जनामा पीसीआर परीक्षण गरिएको छ। संक्रमणबाट ४५ जनाको मृत्यु भएको छ।