काठमाडौं । रमाइलोको लागि खेलिने लुडो खेलमा पैसाको कारोबार गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीले शनिबार काठमाडौं–१४ सुनारगाउँबाट ठूलो रकम बाजी राखेर लुडो खेलिरहेको अवस्थामा सातजना पक्राउ परेका हुन् ।
२५ देखि ३० हजार प्रतिखेल बाजी राखेर लुडो खेल्ने गरेको सूचनाको आधारमा उनीहरुलाई समातिएको महानगरीय प्रहरी वृत्त, कालिमाटीले जनाएको छ ।
लुडो खेल्ने गरिएको घरका घरधनीलाई समेत प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।