Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालेनलाई प्रधानमन्त्री देउवाले भने- तपाईंले त चमत्कार नै गर्नुभयो


    बुधबार, जेष्ठ १८ २०७९
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाह बालुवाटार पुगेका छन् ।

    बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले बुधबार प्रधानमन्त्री देउवासँग भेटघाट गरेका हुन् । मेयरमा निर्वाचित भएकोमा शाहलाई प्रधानमन्त्री देउवाले बधाई दिएका थिए ।

    ‘शाहलाई बधाई दिँदै प्रधानमन्त्री देउवाले तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ भन्नुभयो,’ बालेनका सहयोगी कुमार व्यञ्जनकारले बालेनलाई उदृद गर्दै भने । 

    काम पर्दा आफूलाई २४ घण्टा सम्झन बालेनलाई प्रधानमन्त्रीले आग्रह गरेको उनले बताए । प्रधानमन्त्री देउवासँग  बालेनले आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार