Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कुटपिट आरोप फरार आरोपित पक्राउ


    बुधबार, जेष्ठ १८ २०७९
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सप्तरी । कुटपिट मुद्दामा फरार रहेका एक जना प्रतिवादी बुधबार पक्राउ परेका छन् । 

    पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-१ का ४२ वर्षीय लालदेव यादव रहेका छन् ।

    सोही ठाउँका दीपेन्द्र यादवले दिएको जाहेरीको आधारमा सप्तरी जिल्ला अदालतले २०६१ साल असार १० गते तथा तत्कालीन पुनरावेदन अदालत राजविराजले २०६४ साल असार ४ गते प्रतिवादी लालदेव यादवलाई ३ महिना कैद र ७ सय २५ रुपैयाँ जरिवाना तिर्ने फैसला सुनाएको थियो ।

    फैसला सुनाएपछि उनी लुकीछिपी बस्दै आएका थिए । गोप्य सूचनाको आधारमा घरबाट पक्राउ गरी सप्तरी जिल्ला अदालतमा दाखिला गराउँदा उनलाई कैद भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार