Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सामाजिक न्यायअन्तर्गत वृद्धभत्ता पाउने उमेर घटाइयो: अर्थमन्त्री


    बुधबार, जेष्ठ १८ २०७९
    655
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जवाफ  दिएका छन् । 

    राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सदस्यले उठाएका प्रश्नको जवाफ दिँदै उनले संविधानको भावना र सामाजिक न्यायको सिद्धान्तअन्तर्गत वृद्धभत्ता पाउनेको उमेर घटाइएको जानकारी दिए । 

    समावेशी विकास गर्ने लक्ष्यअनुसार नै वृद्धभत्ताको व्यवस्था गरिएको भन्दै उनले सामाजिक सुरक्षाभत्ता स्वघोषणामार्फत नलिनेलाई राज्यले सम्मान गर्ने व्यवस्था पनि गरिएको बताए ।  

    साथै मदन भण्डारी रंगशाला निर्माणको कामअघि बढिरहेको उनले बताए 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार