Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • यार्सा संकलन सुरक्षार्थ खटिएका प्रहरीकाे लेक लागेर मृत्यु


    बुधबार, जेष्ठ १८ २०७९
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । यार्सा संकलन गर्नेहरूको सुरक्षामा खटिएका एक जना प्रहरीकाे लेक लागेर मृत्यु भएको छ । मुगुकाे कर्मारोङ गाउँपालिका–२ ठुलीकोसी रिमारस्थितमा खटिएका प्रहरी सहायक हवल्दार राजबहादुर सिंहको उपचारका क्रममा मृत्यु भएको हो । 

    मंगलबार बिहानदेखि टाउको दुख्ने र स्वासप्रश्वासमा समस्या भएर सिंहलाई अन्य प्रहरीले उद्धार गरी सीमा प्रहरी चौकी मुगु ल्याएका थिए । बुधबार बिहान हेलिकाेप्टरमार्फत उद्धार गरि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा ल्याइएकोमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । 

    सहायक प्रहरी हवल्दार सिंहको घर बाँके कोहलपुर नगरपालिका–११ हाे । उनी ०६७ सालमा प्रहरी जवान पदमा भर्ना भई ०७७ सालदेखि जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार