काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वतन्त्र उम्मेदवारले स्थानीय तहमा जिते पनि अझै कयौँ दशक राजनीतिक दलले नै देश चलाउने बताएका छन् ।
केही स्वतन्त्र मान्छेहरूलाई जनताले पालिका प्रमुखमा जिताएपछि केही साथीहरूले अब भोली स्वतन्त्रले सबै पलिका लैजान्छ की के हो भने जस्तो गरे पनि त्यस्तो नहुने उनले बताए । नेकपा माओवादी केन्द्रले आयोजना गरेको जनप्रतिनिधिहरूको अभिमुखीकरणका क्रममा उनले यस्तो भ्रममा नपर्न आग्रह गरे ।
उनले एक जना स्वतन्त्र रुपमा विजयी पालिका प्रमुख आफ्नै कार्यक्रममा समेत सहभागी भएको बताए । उनले भने, ‘स्वतन्त्रमा विजयी केही साथीहरू स्वतन्त्र हुन्, स्वतन्त्र होइनन् । काठमाडौं र धराका प्रमुख भने अलि भिन्न तरिकाले आए । यसबाहेक अरु कोही स्वतन्त्र मैले ठानेको छैन ।’ यि भिन्नहरूले पनि माओवादीको जस्तै कुरा गरेको उनले बताए । यही कारणले जनताले मत दिएको उनको दाबी छ । स्वतन्त्रको यो जितलाई हामीले ‘सबक’का रुपमा लिनु पर्ने उनको भनाइ छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend