Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजनीतिक गतिरोधबीच ट्युनिसियामा नयाँ प्रधानमन्त्री नियुक्त


    आइतबार, साउन ११ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ट्युनिस । ट्युनिसियाका गृहमन्त्री हिचेम मेचिचीलाई देशको भावी प्रधानमन्त्रीमा मनोनयन गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    उत्तर अफ्रिकी मुलुक ट्युनिसियामा प्रमुख राजनीतिक दलहरुबीच राजनीतिक गतिरोध उत्पन्न भएसँगै राष्ट्रपति कार्यालयले उक्त सूचना सार्वजनिक गरेको छ ।

    यसै महिनाको शुरुमा प्रधानमन्त्री एलिस फाखफाखले राजीनामा गर्नु भएको थियो । सत्तारुढ राजनीतिक दलहरुले भने राष्ट्रपति काइस साइद समक्ष ४६ वर्षीय गृहमन्त्री मेचिचीको नाम प्रस्ताव गरेका थिएनन् ।

    राष्ट्रपति कार्यालयको शनिबारको वक्तव्य लगत्तै एक विज्ञप्ति जारी गरी नवनियुक्त प्रधानमन्त्री मेचिचीले सबै ट्युनिसियालीको भावनालाई समेटी नयाँ सरकार गठन गरिने बताएका छन् ।

    सन् २०११ को अरब क्रान्तिपछि सफल लोकतान्त्रिक रुपान्तरण गरेको दृष्टान्त ट्युनिसियाले प्रस्तुत गरेको छ । तर कोरोनाभाइरसका कारण सीमाहरु बन्द गरिएपछि मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पर्न थालेको र जनतामा सरकारप्रति नैराश्यता देखिन थालेको छ ।

    कोरोनाभाइरसका कारण ट्युनिसियामा करिब ५० जनाको मृत्यु भएको छ भने १ हजार ४ सय भन्दा बढी संक्रमित भएका छन् ।

    यसअघिको सरकारमा गृहमन्त्री रहेका मेचिचीले राष्ट्रपति काइसको कानुनी सल्लाहकारका रुपमा समेत जिम्मेवारी निर्वाह गरिरहेका थिए । यसअघि उनी यातायात मन्त्रालयको प्रमुख अधिकृत तथा समाज कल्याण मन्त्रालयमा समेत रहेका थिए ।

    प्रधानमन्त्री मेचिचीलाई नयाँ सरकार गठन गर्न एक महिनाको समय दिइएको छ ।

    प्रधानमन्त्री मेचिचीले संसदमा विश्वासको मत लिनुपर्नेछ र बहुमत सिद्ध गर्न सक्नु पर्नेछ । विश्वासको मत प्राप्त गर्न नसकेको अवस्थामा संसद नै विघटन हुनेछ र तीन महिनाभित्र संसदको नयाँ चुनाव हुनेछ ।

    गत अक्टोबरमा सम्पन्न आम चुनावमा इस्लामिक कट्टरपन्थी इन्नाधा पार्टीले सबैभन्दा बढी स्थान जितेको थियो तर बहुमत हासिल गर्न सकेको थिएन । अन्ततः गठबन्धन सरकार बनाउन इन्नाधा तयार भएको थियो । पाँच महिना पनि सरकार चलाउन नपाई प्रधानमन्त्री फाखफाखले जुलाईमा राजीनामा दिएका थिए । एएफपी

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार