Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अझै चार दिन भारी वर्षाको सम्भावना


    आइतबार, साउन ११ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अबको करिब चार दिन भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। जल तथा मौसम विज्ञान विभागले आइतबार एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । 

    सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहने तथा अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिनै संभावना देखिएकाले चार दिन जति नेपालको मनसुन सक्रिय हुने बताइएको छ । सोहीकारण देशको धेरैजसो स्थानमा हल्लकादेखि मध्य र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

    वर्षाका कारण नदी र खोलामा पानीको बहाव बढ्ने,पहाडि क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने,सडक तथा हवाई यातायत प्रभावित हुने भएकाले आवश्यक सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार