Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • छायाँनाथ रारा नगरपालिकाले आईतबार विद्यालय बन्द नगर्ने


    बुधबार, जेष्ठ १८ २०७९
    690
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मुगु । नेपाल सरकारले १ जेठ बाट सातामा शनिबार र आईतवार दुई दिन बिदा गर्ने निर्णय गरेता पनि छायाँनाथ रारा नगरपालिकाले त्यो निर्णय लागू नगर्ने भएको छ । 
    मंगलवार छायानाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णु कुमार भामको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । छायाँनाथ रारा नगरपालिका नगर शिक्षा समितिको निर्णयअनुसार आईतबार विद्यालय बन्द गर्नु पर्दा हिमाली जिल्ला मुगुमा शिक्षा क्षेत्रमा असर पर्ने हुँदा नगरपालिका भित्रका सामुदायिक तथा निजी विद्यालयलाई आईतबार बन्द नगर्ने निर्णय भएको नगर प्रमुख बिष्णु कुमार भामले बताए । 

    नगर प्रमुख भामका अनुसार शनिवारबाहेक अन्य दिन निरन्तर विद्यालय सञ्चालन गरिनेछ । ‘सातामा दिइने दुई दिन बिदाले मुगुमा शिक्षा क्षेत्र खस्कने अवस्था देखिएको हुँदा नगर शिक्षा समितिद्वारा हामीले आईतबार विद्यालय बन्द नगर्ने निर्णय गरेका हौं ‘, नगर प्रमुख भामले भने । 

    अझै पुगेनन् पाठ्यपुस्तक

    शैक्षिक सत्र सुरु भएको करिब एक साता बितिसक्दा पनि हिमाली जिल्ला मुगुमा हालसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । पुस्तक खरिदको जिम्मा पाएको जय लक्ष्मी पुस्तक भण्डारलाई जिल्लामा छिटो पुस्तक पुर्‍याउन निर्देशन दिइएकाे छ  । जिल्लामा समयमै पुस्तक हातमा नपुग्दा पढाई बिथोलिएको छ ।  मुगुमा अन्य जिल्ला जस्तो ईन्टरनेटको गतिलो पहुँच छैन ।   

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार