Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सचिव बढुवाका लागि तीन सहसचिवको नाम सिफारिस, दुवाडी यसपटक बढुवा होलान् ?


    आइतबार, साउन ११ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । सचिव बढुवा सिफारिस समितिले तीन बरिष्ठ सहसचिवको नाम सचिव बढुवाका लागि सिफारिस गरेको छ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको समिति बैठकले सहसचिवहरु चन्द्रमान श्रेष्ठ, गोकर्णमणि दुवाडी र मधु मरासिनीको नाम बढुवाका लागि सिफारिस गरेको छ । बढुवा समितिको सिफारिस गरेका तीनजनामध्येबाट एकजनालाई सरकारले सचिवमा पदोन्नति गर्नेछ ।

    सिफारिसमा परेका चन्द्रमान श्रेष्ठ विशेष अदालतबाट भ्रष्टाचार मुद्दा जितेर बहाली भएका सहसचिव हुन् । उनले मुद्दा जितिसकेपछि हाजिर गराउन चौतर्फी दबाब दिएका थिए । उनी मुद्दा जितेर नआएको भए वीरबहादुर राईको नाम सचिव बढुवा सिफारिसमा पर्ने थियो ।

    अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीबिरुद्ध मुद्दा दायर गरेको थियो । तर फाष्टट्रयाकबाट मुद्दा जितेर उनी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बहाली भई सचिव बढुवाका दाबेदार भएका छन् । मालपोतदेखि बैदेशिक रोजगार विभाग हुँदै यातायात विभागको महानिर्देशक हुँदासम्म उनले करोडौं रुपैयाँ सम्पत्ति आर्जन गरे पनि सबै अर्काका नाममा लगानी गरेकाले अख्तियारले एक महिलाको नाम पत्ता लगाएर मुद्दा दायर गरेको थियो । तर उनले सेटिङ गरी मुद्दा जितेर सचिव नै बढुवा हुने भएका छन् ।

    सिफारिसमा परेका सहसचिव गोकर्णमणि दुवाडी बरियतामा पहिलो नम्बरमा हुँदा पनि यसअघि दुई पटक छुटिसकेका छन् । सरकारले बरिष्ठताका आधारमा दुवाडीको बढुवा नगरी बिष्णुप्रसाद नेपाल र मानबहादुर बिकलाई सचिव बढुवा गरेको छ । यसपटक पनि भर्खरै भ्रष्टाचार मुद्दा जितेका चन्द्रमान श्रेष्ठ बढुवा हुने देखिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा र मुख्यसचिव लोकदर्शन रेग्मीको कोपभाजनमा परी दुवाडी सचिव बढुवाबाट बन्चित हुँदैआएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार