Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आर्थिक वर्ष २०७९ /८० को बजेटमाथि आज पनि सैद्धान्तिक छलफल हुँदै


    बुधबार, जेष्ठ १८ २०७९
    795
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले गत आइतबार संघीय संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०७९/ ८० को  बजेटमाथि आज ( बुधबार) पनि छलफल हुँदैछ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा बजेटमाथि सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकोछ ।

     हिजो (मंगलबार)देखि प्रतिनिधि सभामा बजेटमाथिको सैद्धान्तिक छलफल सुरु भएको थियो र यो क्रम बुधबार पनि जारी रहने छ ।
    हिजोको छलफलमा सत्तापक्षका सांसदहरुले बजेटको वचाउ गरेका थिए । भने प्रतिपक्ष नेकपा एमाले सांसदहरुले भने चुनाव लक्षित, प्रचारमुखी र स्रोतको व्यवस्थापन नभएको भन्दै बजेटको आलोचना गरेका थिए ।
    एमालेले आउँदो संघीय निर्वाचनमा मत माग्नेगरी सरकारले बजेट ल्याएको टिप्पणी गरेको हो । बजेट विशुद्ध चुनावमुखी र मत माग्ने हिसाबले ल्याएको एमालेको निष्कर्ष छ । ओलीले गलत र अनुचित कुरालाई जनतामाझ भण्डाफोर गर्नेगरी प्रस्तुत हुन निर्देशन समेत दिइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार