धनगढी । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी कैलालीको गोदावरीमा तोकिए पनि प्रदेश सरकारकै लापरबाहीका कारण हालसम्म कार्यान्वयन नभएको प्रदेश सदस्यले आरोप लगाएका छन् ।
नीति तथा कार्यक्रम र बजेटको पूर्व सन्ध्यामा सदनमा पेस गरिएको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा सहभागी अधिकांश प्रदेशसभा सदस्यहरुले गोदावरी राजधानी बनाउने योजना प्रदेश सरकारले नै तुहाएको आरोप लगाएका हुन् ।
‘दुई तिहाइ प्रदेशसभा सदस्यको निर्णयबाट गोदावरीमा राजधानी निर्माण गर्ने प्रस्ताव पारित भएको हो,’ प्रदेशसभा सदस्य भरत खड्काले भने, ‘तर सरकारका मन्त्रीको लापर्वाहीका कारण ४ बर्ष सम्म सो निर्णय कार्यान्वयन हुन सकेन, यो सरकारको कमजोरी हो, आफैले गरेको निर्णय प्रदेश सरकार आफैंले तुहाएको छ ।’
खड्का सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य हुन् ।
प्रदेशसभा सदस्य बलदेव रेग्मीले राजधानी गोदावरीमा राख्ने निर्णय कार्यान्वयन गर्न कसले रोक्यो ? भन्दै प्रश्न गरेका छन् । दुई तिहाई मतले पारित भएको योजनामा हालसम्म बजेटसमेत नपारिएको भन्दै उनले सरकाको लापर्वाहीका कारण राजधानी बन्न नसकेको आरोप लगाए ।
यसैगरी प्रदेश सभा सदस्य मेहेशदत्त जोशीले राजधानीमा बजेट नछुट्याइनुको कारण माग गरेका छन् । ‘आफैं राजधानी बनाउँछौ भन्दै संसदमा प्रस्ताव पेश गरेर पारित गर्ने सरकारले किन संरचना निर्माणका लागि बजेट छुट्याउँदैन,’ उनले भने, ‘डिपिआर सम्म पनि बन्न नसक्नुको कारण के हो ?’
प्रदेश सरकारका मन्त्री उपभोक्ता समितिका अध्यक्ष जस्ता भएको उनको आरोप छ । ‘योजना पार्न र त्यसबाट कमिसन खान मात्रै सक्रिय बनेका मन्त्री मन्त्री नभएर उपभोक्ता समितिका अध्यक्ष जस्ता बनेका छन्, ‘जोशीले भने, ‘उनिहरुका कारण प्रदेश सरकार असफल भएको छ, जनताले गालि गर्ने अवस्था तिनिहरुकै कारण भएको छ ।’
प्रदेशसभा सदस्य गेल्बुसिंह बोहराले सरकारलाई राजधानीका बारेमा के गर्ने ? भन्दै प्रश्न गरे । ‘४ बर्ष सम्म राजधानीका बारेमा के गरियो ?,’ बोहराले प्रश्न गर्दै भने, ‘कति बजेट छुट्टाइयो, आगामी योजना केहो ?’ उनले सुदूरपश्चिमका पहाडी जिल्लाका लागि धनगढी काठमाण्डौं भन्दा टाढा हुनथालेको गुनासो गरे । ‘प्रदेश सरकार बनेपछि काठमाण्डौंको हेपाह प्रवृति अन्त्य हुने जनताले ठुलो खपेक्षा गरेका थिए,’ बोहराले भने, ‘तर दार्चुला, बझाङ, बाजुराका नागरिकका लागि धनगढी काठमाण्डौं भन्दा पनि टाढा भएको छ, त्यहाँका नागरिकको प्रदेश सम्म पहुच नै भएको छैन ।’ सरकारले पहाडी जिल्लालाई विभेद गर्ने र बजेटमा समेत प्राथमिकता नराखेका कारण प्रदेश सरकार प्रति जनताको विशवास कम हुदै गएको उनले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend