Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अभद्र व्यवहारको विषयमा मिरुना र फुर्पाबीच सहमति, सम्प्रदायमा पर्न गएको असरप्रति नायिकाद्वारा क्षमायाचना


    मंगलबार, जेष्ठ १७ २०७९
    730
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच यस विषयलाई थप विवादित नबनाउने सहमति भएको छ ।

    कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा आइतबार सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगर माथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी माफी मागेका हुन् । साथै अभिनेत्री मगरले पनि भाइ सम्झेर माफी गरेकी हुन् ।

    त्यसैगरी अभिनेत्री मगरले कुनै जाती, धर्म, सम्प्रदायप्रति असर पुग्ने आसयले कुनै कार्य नगरेको भए पनि उक्त परिस्थितिमा आकस्मिक प्रतिक्रिया जनाउने क्रममा घटित हुन गएको घटनाबाट सिंगो बौद्ध धर्मावलम्बी, भिक्षु, लामा समुदाय तथा सम्प्रदाय प्रति पर्न गएको असरप्रति क्षमा याचना गरेकी छिन् ।

    284921766_327291676245466_324064174727813317_n_akUcAS7gyO.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार