Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरी मुख्यालका हवल्दारमा कोरोना संक्रमण, सम्पर्कमा आएका जति आइसोलेसनमा


    आइतबार, साउन ११ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरी प्रधान कार्यालयका एक हवल्दारमा कोरोना संक्रमण पुष्टि भएको छ । सवारी व्यवस्था शाखामा कार्यरत उनीमा कोरोना देखिएसँगै उनीसँग सम्पर्कमा आएकाहरु समेत आइसोलेसनमा रााखिएको छ । 

    यस्तै गरी सञ्चार निर्देशनालयमा कार्यरत तीन जनामा पनि कोरोनाको लक्षण देखिएको छ । उनीहरुको पीसीआर परीक्षण गरिएको र रिपोर्ट समेत आइसकेको थाहा भएको छ । तर नतिजा भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । 

    प्रहरी हेर्डक्वार्टरले यो खबर स्वास्थ्य मन्त्रालयबाट बाहिर आउने जनाएको छ । हालसम्म देशभर १ सय १५ प्रहरी संक्रमित रहेको र उनीहरुको सम्पर्कमा आएका सबैजसोलाई आइसोलेसनमा राखिएको बताइएको छ ।

    स्रोतका अनुसार यतिबेला करिब २० जना प्रहरीलाई आइसोलेसनमा राखिएको छ। उनीहरुको समेत स्वाब परीक्षणका लागि पठाइसकेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार