Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभामा सांसद झाको निधनको शोक प्रस्ताव पारित


    मंगलबार, जेष्ठ १७ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । राष्ट्रियसभाको आजको बैठकले सांसद डा डिम्पल कुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

    बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ । बैठकले उनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै एक मिनेट मौनधारण गरेको थियो ।

    विक्रम संवत् २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य एवं हाल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सदस्य झाको ४४ वर्षको उमेरमा गत वैशाख १० गते क्यान्सर रोगको उपचारको क्रममा निधन भएको थियो । राष्ट्रियसभाको अर्को बैठक जेठ १८ गते बुधबार दिउँसो १ बजे बस्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार