Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्री आलेद्वारा तारागाउँ समितिका अध्यक्ष न्यौपाने बर्खास्त


    मंगलबार, जेष्ठ १७ २०७९
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाै. । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतको तारागाउँ विकास समितिका अध्यक्ष प्रह्लाद न्यौपानेलाई सरकारले बर्खास्त गरेको छ ।

    ह्यात रिजेन्सी होटलसँग मिलेमतो र सेटिङ गरेर सरकारी सम्पत्ति संरक्षणमा बेवास्ता गरेको आरोप लागेका न्यौपानेलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले न्यौपानेलाई बर्खास्त गरेका हुन् । 

    अध्यक्ष न्यौपानेलाई हटाइएको पत्र विकास समितिको कार्यालयमा दर्ता गराइएको सो मन्त्रालयले जनाएको छ । समितिको ऐनमा अध्यक्ष पद आलङ्कारिक हुने भए पनि न्यौपाने नियमित कार्यालय जाने र मासिक तलब सुविधासमेत लिने गरेको गुनासो विकास समितिका कर्मचारीहरूको थियो । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार