Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बाँकेमा बसको ठक्करबाट बालिकाको मृत्यु


    मंगलबार, जेष्ठ १७ २०७९
    960
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बाँके । बाँकेको बैजनाथ गाउँपालिका–१ मा आज बिहान बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा स्थानीय प्रकाश खड्काकी ४ वर्षीया छोरी प्रज्ञा रहेकी छिन् । 

    बसको ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

    नम्बर नखुलेको स्कुल बसले आज बिहान १० बजे बालिकालाई ठक्कर दिएको थियो । 

    बस सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार