काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद अनिलकुमार झाले संसदमा प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेट वितरणमुखी रहेको बताएका छन् ।
प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आर्थिक वर्ष २०७९÷०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा सहभागी हुँदै उनले बजेट वितरणमुखी र आगामी निर्वाचनमा कार्यकर्ता रिझाउने गरी ल्याइएको टिप्पणी गरे ।
‘बजेट वितरणमुखी छ । ६ महिनापछि हुने चुनावमा दुई चार लाख कार्यकर्ता रिझाउने गरी ल्याइएको छ,’ उनले भने । बजेटमा चुरे संरक्षण गर्न कुनै कार्यक्रम नरहेको बताउँदै उनले तराईमा आरसनिकरहित स्वच्छ पानी खुवाउने विषयमा नसमेटिएको बताए ।
तराई क्षेत्रमा सिँचाइ गर्न ठोस कार्यक्रम पनि बजेटमा नरहेको उनको भनाइ छ । शिक्षा र स्वास्थ्यका लागि स्थानीय तहका छुट्याइएको बजेटले भौतिक पूर्वाधारका लागि पर्याप्त नहुने दाबी गर्दै झाले जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक जाने वातावरण बनाउन सक्ने कार्यक्रम पनि नरहेको जिकीर गरे ।
‘जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक जाँदैनन्,’ उनले भने, करोडौँ खर्र्चेर पढेका चिकित्सक जिल्ला अस्पताल जाने वातावरण बनाउन सकेको छैन ।’
१५ प्रतिशत तलब वृद्धिले महंंगीअनुसार तल्ला कर्मचारीलाई राहत दिन नसक्ने उनको दाबी छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend