काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गतको नौबिसे-मुग्लिङ सडक ६ दिनपछि खुलेको छ ।
पहिरोका कारण अवरुद्ध यो सडकखण्डमा गएरातिदेखि दुईतर्फी नै गाडी चल्न थालेकाे इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिएका छन् ।
मौवाखोलाको पुल मर्मतको काम सकिएपछि रातिदेखि नै गाडी चल्न थालेका हुन् । मौवाखोलामा रहेको पुलको केही भाग बगेपछि यो सडकखण्ड गत ५ गतेदेखि बन्द भएकाे थियो ।