वीरगञ्ज । पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । वीरगञ्जको गण्डकी कोभिड अस्पतालमा ६५ वर्षीय वृद्धको आइतबार बिहान मृत्यु भएको हो ।
मुटुरोगले ग्रसित उनको आरडीटी परीक्षण पोजेटिभ आएपछि कोरोना अस्पतालमा रेफर गरिएको थियो । उनको पीसीआर परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।
गण्डक अस्पतालमा लगिएका उनको अवस्था बिग्रिएकाले भेण्टिलेटरमा राखेर उपचार गरेपनि आज बिहानै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
पछिल्लो समय वीरगञ्जमा कोरोना संक्रमित देखिने क्रम ह्वात्तै बढेको छ । यही कारण शनिबारदेखि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा समेत लागू गरिएको छ ।