Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वतन्त्रबाट जितेका केसीलाई माओवादीले गर्‍यो सम्मान


    सोमबार, जेष्ठ १६ २०७९
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सुर्खेत । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाबाट स्वतन्त्र उम्मेदवार बनेर विजयी भएका मोहनबहादुर केसीलाई माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीले सम्मान गरेको छ । सोमबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा माओवादीबाट विजयी भएका अन्य पदाधिकारीसँगै सम्मान गरेको हो ।
     
    माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ल र अध्यक्ष विमला केसीले अध्यक्ष केसीलाई सम्मान गरेको माओवादी केन्द्र कालिकोटका संयोजक लक्ष्मीप्रसाद चौलागाईंले बताए ।
     
    अध्यक्ष केसी स्वतन्त्रबाट चुनाव जितेपछि माओवादी केन्द्रमा नै फर्किएको संयोजक चौलागाईंले जानकारी दिए । 

    माओवादी केन्द्रले केसीलाई उम्मेदवारी नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएर माओवादी केन्द्रका उम्मेदवार डम्बरबहादुर शाहीलाई पराजित गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार