Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनाद्वारा कञ्चनजंघा र मनास्लु हिमालमा १६ हजार ७२१ किलो फोहोर संकलन


    सोमबार, जेष्ठ १६ २०७९
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेपाली सेनाले कञ्चनजंघा तथा मनास्लु हिमालबाट संकलन गरिएको फोहर हस्तान्तरण गरेको छ । 

    सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन भएको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कञ्चनजंघा र मनास्लु हिमालबाट संकलन गरिएको नकुहिने फोहर अभ्नी भेञ्चर्स प्रालिलाई हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ । 

    दुवै हिमालमा गरि १६ हजार ७ सय २१ किलो फोहर यो अभियानसँग सम्बद्ध संस्था तथा कार्यालयहरुका प्रतिनिधिको रोहबरमा अभ्नीलाई हस्तान्तरण गरिएको सेनाले जनाएको छ । 

    सफा हिमाल अभियान अन्तर्गत कञ्चनजंघामा १२ हजार ३५६ र मनास्लुमा ४ हजार ३६५ केजी नकुहिने फोहर संकल गरिएको सेनाले जनाएको छ । 

    himal ko fohar.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार