Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तारा एयर दुर्घटना : पोखराबाट शव ल्याइँदै, त्रिभुवन विमास्थलमा मृतकका परिवार


    सोमबार, जेष्ठ १६ २०७९
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाको शव काठमाडौं ल्याउने तयारी गरिएको छ । विमान दुर्घटनामा ज्यान गुमाएकाको शव पोखराविमानस्थलमा झारिएको छ । 

    नेपाली सेनाको हेलिकप्टरमार्फत् शव पोखरा विमानस्थल लगिएको हो । 

    शवहरु पोखराबाट काठमाडौं ल्याएर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिने  र त्यसपछि आफन्तको जिम्मा लगाइने जनाइएको छ । 

    शव ल्याइने भएपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा विमान दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार जम्मा हुन थालेका छन् । 

    आइतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि  १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित २२ जना सवार विमान उडान भरेको केही मिनेटमै सम्पर्क विहीन भएको थियो। उक्त विमान सोमबार बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । विमान दुर्घटनाको कारण पत्ता लगाउन सरकारले पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार