Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मेलामा नक्कली नोट साट्दासाट्दै २ जना पक्राउ


    सोमबार, जेष्ठ १६ २०७९
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •     बीरगंज । नक्कली नोट साटिरहेको अवस्थामा २ जना पक्राउ परेका छन् ।

    पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ६ मा लागेको दुर्गा भगवती मेलामा नक्कली नोटहरु साट्दै गरेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय पोखरियाबाट गएकोे टोलीले बहादुरमाई नगरपालिका ८ का पर्साका १९ बर्षीय राजबाबु साह तेली र पटेर्वा सुगौली गाउँपालिका घर भई बहादुरमाई बस्दैआएका २० बर्षीय अजय सहनीलाई सोमबार पक्राउ गरेको छ ।   

          रु १ हजार दरका २० हजार सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिएका छन् ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार