Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुदूरपश्चिम प्रदेशसभामा जसपा प्रतिपक्षी दल


    सोमबार, जेष्ठ १६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनगढी । केन्द्रमा सत्ता साझेदारी गरिरहेको जनता समाजवादी पार्टी (जसपा) सुदूरपश्चिममा भने प्रतिपक्षीको लाइनमा बसेको छ ।

    सोमबारदेखि सुरुभएको प्रदेशको दशौं अधिवेशनमा जसपाकी प्रदेशसभा सदस्य मालामति राना प्रतिपक्षीको लाइनमा बसेकी हुन् ।
    ९औं प्रदेशसभासम्म सरकारकालाई समर्थन गरेको जसपा सरकारमा सहभागी नगराइएको भन्दै चैतदेखि रुष्ट बनेको हो । 

    सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसलाई सहभागी गराए पनि जसपालाई सरकारमा सहभागी नगराएपछि उसले चैत २६ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेको घोषणा गरेको हो । 

    चैत २५ गते अघि सम्म सुदूरपश्चिममा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीमात्रै सरकारमा सहभागी थियो भने नेपाली कांग्रेस र जसपाले सरकारलाई समर्थन मात्रै गरेको थियो । अव सुदूरपश्चिम प्रदेशसभामा तीन दल जसपा, लोसपा र नेकपा एमाले प्रतिपक्षी बनेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार