Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रञ्जन कोइराला प्रकरणः ‘अन्याय त पुनरावलोकनबाट टुंगो लाग्ला, फैसला गर्नेको बदनियत टुंगिदैन’


    आइतबार, साउन ११ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीशकै इजलासबाट श्रीमती हत्याको अभियोग लागेर सर्वस्वसहित जन्मकैदको संजाय पाएका रञ्जन कोइरालाको संजाय घटाइएको बिषय अहिले सर्वाधिक विवादमा छ । न्यायालयका बिरुद्ध सडकमा बिरोध प्रदर्शन नै भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणामाथि महाभियोग लगाउन माग गर्दै सडकमा प्रदर्शन भएको छ । यसअघि प्रधानन्यायधीशमाथि महाभियोग लगाउन माग गर्दै सडक प्रदर्शन भएको थिएन । आफ्नै श्रीमती गीता ढकालको हत्या गरी सब टुक्रा टुक्रा पारेर मकवानपुरको थाहा नगरपालिकाको जंगलमा लगेर आगो लगाएका थिए । श्रीमतीको बिभत्स हत्या गर्ने कोइरालालाई जिल्ला र उच्च अदालतले सर्वस्वसहित जन्मकैदको संजाय सुनाएका थिए । तर सर्वोच्च अदालतले कोइरालालाई हचुवा तर्क दिएर साढे ८ बर्षमात्र संजाय कायम गरेपछि उनी बिहीबार जेलमुक्त भएका थिए । सर्वोच्च अदालतबाटै हत्यारालाई उन्मुक्ति दिने फैसला भएपछि जनमानसमा त्यसले आक्रोस पैदा गरेको छ ।

    महान्यायाधीवक्ता कार्यालयले रञ्जन कोइरालाको फैसलाबिरुद्ध शुक्रबारै पुनरावलोकन दर्ता गराएपछि आइतबार पेशी तोकिएको छ । आइतबार पेशी तोकेर कोइरालालाई पुर्पक्षमा राख्ने नै आदेश भए पनि त्यसले अन्यायमा परेको पक्षलाई राहत पुगे पनि फैसला गर्नेको बदनियत टुंगिदैन । फैसला गर्नेको बदनियत वा कार्यक्षमतामा प्रश्न उठिसकेकाले आदेश दिने न्यायाधीशले राजीनामा दिनुपर्छ वा उनीमाथि महाभियोग लगाउनुपर्ने हो । तर विवादित पृष्ठभूमिका राणालाई प्रधानन्यायाधीश सिफारिस गर्ने र संसदीय सुनुवाइबाट अनुमोदन गर्नेहरु अहिले पनि चुप छन् । सत्तारुढ दलका सांसदहरु विशाल भट्टराई, खिमलाल भट्टराई लगायतले राणामाथि महाभियोग लगाउनुपर्ने माग गरेका छन् । तर शीर्षनेता चुपचाप छन् ।

    बरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती समाजिक संजाल फेसबुकमा लेख्छन्–‘सिक्काको दुई पाटो जस्तै मुद्दामा पनि दुई पाटा हुन्छन् । एउटा पाटो मुद्दाका पक्षहरूलाई पर्न गएको अन्याय हुन्छ जो पुनरावलोकनबाट टुंगो लाग्छ तर त्यसले फैसला गर्नेको बदनियत वा कार्यक्षमताको प्रश्नलाई टुंग्याउँदैन, बिर्साउँछ मात्र । दोस्रो पाटोको प्रक्रिया बाँकी नै रहन्छ ।’

    उनको टिप्पणीमा कमेन्ट गर्दै राजकुमार निरौलाले लेखेका छन्–‘निमको बिरूवा रोपेर आँप खोज्ने चलन छ, हामीकहाँ दाजु । आँप खान आँप रोप्नु्पर्यो ।’ चोलेन्द्रशमशेर राणाको नियुक्ति नै गलत भएकाले निम रोपेर आँपको आशा गर्नु बेकार भएको संकेत निरौलाले गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार