Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अर्थमन्त्री शर्मा भन्छन्- चुनाव लक्षित बजेट ल्याएको होइन, उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हो र ?


    सोमबार, जेष्ठ १६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आफूले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका छन् ।

    सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शर्माले चुनावलाई लक्षित गरेर बजेट नल्याएको जिकिर गरेका हुन् ।

    ‘बजेटमा चुनावी कुरा छैन, थोरै बाहेक हिजोकै कुरालाई निरन्तरता दिएको हो’ उनले भने, ‘उत्पादन बढाउनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्नु चुनावी कुरा हो र ?’

    उनले किसानलाई उत्प्रेरित गर्न किसान पेन्सनको कार्यक्रम ल्याएको भन्दै त्यसलाई चुनावसँग जोड्न नमिल्ने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार