Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गायक तथा कांग्रेस नेता सिद्धु मुस वालाको हत्या


    सोमबार, जेष्ठ १६ २०७९
    600
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • एजेन्सी । कांग्रेस नेता तथा पञ्जाबी गायक सिद्धु मूस वालाको आइतबार मानसा जिल्लामा गोली हानी हत्या भएको छ । गोली लागेर अन्य दुई जना घाइते भएका छन् । पञ्जाब सरकारले  मूस वालासहित ४२४ जनाको सुरक्षा फिर्ता लिएको भोलिपल्ट यो घटना भएको हो । 

    पञ्जाबका मुख्यमन्त्री भगवन्त मान नेतृत्वको सरकारले भीआइपी संस्कृतिलाई रोक्न भन्दै उनीहरूको सुरक्षा हटाएको थियो । मुस वाला र उनका दुई साथीहरू पञ्जाबको जवाहर के गाउँमा जीपमा चढ्दै गर्दा आक्रमण भएको थियो । मूस वाला गाडीको सिटमा ढलिएको र धेरै रगत बगिरहेको अवस्थामा फेला परेका थिए ।

    उनलाई अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले यो आक्रमणको जिम्मेवारी क्यानडामा रहेका एक गुण्डाले लिएको जनाएको छ ।
    ‘उनको हत्यामा लरेन्स बिश्नोई गिरोह संलग्न छ । गिरोहका सदस्य लक्कीले क्यानडाबाट जिम्मेवारी लिएको छ’ पञ्जाब डीजीपी वीके भवराले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार