Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कक्षा १ देखि ५ सम्म मातृभाषामा पठनपाठन हुनुपर्छ: भाषा आयोग


    सोमबार, जेष्ठ १६ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जुम्ला । प्रत्येक सामुदायिक विद्यालयमा मातृभाषामा  शिक्षण हुनुपर्ने भाषा आयोगले बताएको छ ।   आयोगले कक्षा १ देखि ५ सम्मका बालबालिकालाई  मातृभाषामा पठनपाठन हुनुपर्ने बताइएको हो । 

    भाषा आयोगका अध्यक्ष तथा प्राध्यापक डा लवदेव अवस्थीले नेपपालको संविधानमै माध्यमका रूपमा मातृभाषा शिक्षाको व्यवस्था  गरेको  बताए । उनले भने, ‘हरेक बालबालिकाको लागि  घरमा आमाले बोल्ने  भाषामा  शिक्षण सिकाइ हुनुपर्छ । यसका लागि सबै स्थानीय तहले  स्थानीय पाठ्यक्रम  निमार्ण गर्न आवश्यक छ ।’

    उनका अनुसार कुनै कुनै विद्यालयमा स्थानीय  पठनपाठन भइरहेको छ । तर,  यसको प्रभावकारिता माथि प्रश्नचिह्न उठ्नु स्वाभाविक रहेकाे र  कुनै भाषा पढाइ हुनुलाई मात्रै मातृभाषा शिक्षण भन्न नमिल्ने भन्दै वस्थीले भने, ‘घरमा बोलिने भाषा विद्यालयमा  पढाइ नहुँदा बालबालिकाको शिक्षण सिकाइ प्रभावकारी प्रभावकारी हुन नसेको हो  । जबसम्म आफ्नो मात्री भाषाको संरक्षण हुँदैन तबसम्म देश विकास हुँदैन ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार