Nepal Face
  • आइतबार, १० साउन २०८३
  • त्रियुगाको मेयरमा कांग्रेसको जित सुनिश्चित


    सोमबार, जेष्ठ १६ २०७९
    725
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • उदयपुर । त्रियुगा नगरपालिकाको मेयरमा कांग्रेसका वसन्त बस्नेतको जित पक्का भएको छ ।

    ३८ हजार ३७४ मतगणना हुँदा बस्नेतले १३,२६३ मत ल्याएर जित पक्का गरेका हुन् ।दोस्रो स्थानमा रहेका एमालेका भागवत राउतको ११,२३२ मत छ । राउतको भन्दा बस्नेतको मत २०२३ ले बढी छ । जबकि गणना हुँन बाँकी १८०५ मात्रै छ ।

    यस्तै, तेस्रोमा रहेका नेकपा (एकीकृत समाजवादी) का बलदेव चौधरीको ८, ८९९ मतमात्रै छ ।

    उपमेयरमा भने एमालेकी महेश्वरी राईको अग्रता रहेको छ । उनले १२, ८७६ मतका साथ अग्रता कायम राखेकी छन् भने कांग्रेसकी सरिता राई ११,४५१ मतका साथ दोस्रो स्थानमा छन् ।

    अहिले वडानम्बर १० र ११ को गणना जारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार