Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘शव संकलन गर्दै छौँ, ठाउँ अप्ठ्यारो छ’: शेरचन


    सोमबार, जेष्ठ १६ २०७९
    965
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको दुर्घटनाग्रस्त जहाज भएको स्थानमा पुगेका स्थानीयले अहिले शव  संकलन गरिरहेका छन् । जहाजमा आगो नलागेको उनीहरुले बताएका छन् । स्थानीय इन्द्रसिंह शेरचनले केही शव भिर र खोंचमा फसेको र केहीलाई संकलन गरिसकेको बताए ।

    ‘शवहरु गन्दै छौँ। अप्ठेरो छ, ठाउँ,’ उनले भने, ‘सुरुमा भर्खर आएको हुनाले केही शव  अंगभंग देखेर नचिनिने अवस्थाजस्तो लागेको थियो । तर, सबै शवहरु चिनिने अवस्थामा रहेछन् । आगो लागेको छैन ।’ त्यहाँ सेना पनि भर्खरै जाँदै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार