धनगढी । सरकारले आगामी आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दा सुदूरपश्चिम प्रदेशमा नयाँ योजना भने परेका छैनन् ।
डडेल्धुरामा मेडिकल कलेज निर्माणको सम्भाव्यता अध्ययन गर्ने योजनाबाहेक अन्य नयाँ योजना सुदूरपश्चिममा पर्न सकेनन् ।
प्रस्ताविक गेटा मेडिकल कलेजलाई र धनगढी३ मा रहेका फाप्ला क्रिकेट मैदानलाई खेल ग्राम बनाउने पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रस्तावित गेटा मेडिकल कलेजलाई शिक्षा मन्त्रालय अन्तर्गत रहने गरी सुदूरपश्चिम विश्वविद्यालयको मातहतमा राख्ने र फाप्लालाई खेल ग्राम बनाउने घोषणा बजेटमा गरिएको छ ।
यसबाहेक सेती लोकमार्ग, पश्चिम सेती जलविद्युत आयोजना, रानीजमरा कुलरिया सिंचाई आयोजना, महाकाली करिडोर, महाकाली सिंचाइ आयोजना, दैजी-छेला औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाह, हरैया आर्थिक क्षेत्र, धनगढी विमानस्थलको स्तरोन्नति कार्य विगतकै योजनाका निरन्तरताका रुपमा आएका छन् ।
पश्चिमसेती जलविद्युत आयोजना
आगामी आर्थिक वर्ष २०७९-८० मा सरकारले पश्चिम सेती जलविद्युत आयोजनाको कामलाई अगाडि बढाउने घोषणा गरेको छ । यसअघि कहिले थ्री गर्जेज त कहिले अस्ट्रेलियन कम्पनीका नाममा अल्झिएको पश्चिमसेती जलाशययुक्त आयोजना यस पटक सरकार आफैले निर्माण गर्ने वा दातृ निकायको सहयोगमा सञ्चान हुने भन्ने खुलाइएको छैन ।
आइतबार आर्थिक वर्ष २०७९-८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले बहुचर्चित ७ सय ५० मेघावाटको पश्चिमसेती जलविद्युत आयोजनाको निर्माण कार्य अगाडि बढाइने घोषणा गरेका हुन् । शर्माले प्रस्तुत गरेको बजेट वक्तव्यमा पश्चिमसेती जलविद्युत योजनाको प्राविधिक तयारी गरी निर्माण कार्य अगाडि बढाइने मात्रै उल्लेख छ ।
धार्मिक पर्यटकिय स्थल
सुदूरपश्चिममा ७ वटा धार्मिक पर्यटकीय स्थलका रुपमा अघि बढाउने घोषणा सरकारले गरेको छ । बैतडीको डिलासैनी मन्दिर, बैतडीकै निङलासैनी र मेलौली मन्दिर, डोटीको शैलेश्वरी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर तथा बैतडीको त्रिपुरासुन्दरी मन्दिर र बाजुराको बडिमालिका मन्दिरलाई धार्मिक पर्यटकीय स्थलका रुपमा अघि बढाइने आइतबार सरकारले सार्वजनिक गरेको बजेट वक्तव्यमा उल्लेख छ ।
धार्मिक पर्यटकीय स्थलका रुपमा ७ वटा मन्दिरलाई अघि बढाउन आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख छ । यसअघि पनि डोटीको शैलेश्वरी मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर, बैतडीको मेलौली भगवती मन्दिर र डिलाशैनी मन्दिर तथा बाजुराको रामारोशनलाई पर्यटकीय स्थलका रुपमा अघि बढाइने गरी बजेट वक्तव्यमा उल्लेख छ ।
धनगढी अत्तरिया मेगासीटी योजना समेटिएन
आर्थिक बर्ष ०७७-०७८ देखि बजेटमा समावेस हुँदै आएको धनगढी-अत्तरिया मेगासिटी निर्माण गर्ने योजनालाई आगामी आर्थिक बर्षको बजेटमा भने समावेश गरिएको छैन । निरन्तर दुई वर्षसम्म मेगासिटी निर्माण गर्ने भन्दै संघीय सरकारको बजेटमा समावेश हुँदै आएको थियो । सो योजना अन्तर्गत धनगढीदेखि अत्तरिया जोड्ने ११ किलोमिटर क्षेत्रमा औद्यागिक क्षेत्र निर्माण गरिने, व्यापार क्षेत्रको विस्तार गरिने योजना रहेको थियो । सो योजना संघीय सरकारले आगामी वर्षको बजेटबाट हटाएको छ ।
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेलले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी)हटाउने वा पदमा कायम राख्ने विषयमा पार्टीले सरकारलाई...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकार सबै धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रकृति र आस्थाको पर्व छठको...
काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का २० नेता आज चीन प्रस्थान गरेका छन् । पार्टीका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सांसद चीन...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको...
काठमाडौँ । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन् । विश्वासको मत लिने प्रयोजनका लागि सभामुख रामअशिष यादवले शनिबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend