Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ट्रिपर दुर्घटना अपडेट : चारै जनाको पहिचान खुल्यो


    आइतबार, जेष्ठ १५ २०७९
    650
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ। लमजुङको मध्य नेपालमा ट्रिपर दुर्घटना हुँदा मृत्यु भएका चारजनाको  पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा सोहि ट्रिपरका चालक अन्दाजी २७ वर्षिय आकाश भन्ने विनोद घिमिरे, तनहुँ व्यास नगरपालिका ७ कलेस्ती बस्ने अन्दाजी वर्ष ४५ का उत्तम न्यौपाने रहेका छन् भने अन्य दुईजना सल्यान कुमाख गाउँपालिका वस्ने अन्दाजी वर्ष २२ का पारस शाह र गोरखा नगरपालिका १२ वस्ने अन्दाजी वर्ष २४ का वर्षिय रविन्द्र सेढाई रहेका छन् । 

    मध्यनेपाल नगरपालिका वडा नम्वर ७ कोईलेनी भन्ने स्थानमा बा ४ ख ७७८१ नम्वरको ट्रिपर आइतबार साढे ३ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परि ट्रिपर चालक सहित चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी एवं इन्सपेक्टर जगदीश रेग्मीले बताए । 

    उक्त ट्रिपर मध्यनेपाल नगरपालिका ७ कल्याणबेसीबाट बतासेचोकतर्फ ढुङगा लोड गरी जाँदै गरेको अवस्थामा सडकबाट करिव ३० मिटर तल खसेको हो ।

    मध्यपहाडी लोकमार्ग अन्तर्गत भोर्लेटार सडक खण्डमा काम गर्दै आएको काष्ठमाण्डप कन्सट्रक्सन प्रालिको ट्रिपर दुर्घटना भएको हो । सडक उकालो कच्ची साँघुरो सडक लोड बढी भई ट्रिपर व्याक भएर तल खसेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार