Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सर्वोच्च अदालतले रोक लगाएको निजगढ विमानस्थल बजेटमा समेटियो


    आइतबार, जेष्ठ १५ २०७९
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बारा । सरकारले सर्वोच्च अदालतले रोक लगाएको निजगढ विमानस्थल बनाउने विषय बजेटमा समेटिएको छ । आइतबार आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले निजगढ विमानस्थलको निर्माणका लागि बजेटमा समेटेको हुन् । 

    अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षमा विमानस्थलको ढाँचा निर्माण गरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउने योजना बजेटमार्फत सार्वजनिक गरेका छन् ।

    यसअघि गत बिहीबार बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको थियो । वातावरणीय कारण देखाएर अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको हो ।

    सरकारले निजगढ विमानस्थललाई बजेटमा समेटेसँगै निजगढ विमानस्थलको भविष्यको हुन्छ र सरकारले सर्वोच्चको निर्णयविरुद्ध कसरी लगानी बोर्डबाट आयोजना विकास कार्य अगाडी बढाउँछ हेर्न बाँकी नै छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार