Nepal Face
  • बुधबार, १९ कार्तिक २०८३
  • औद्योगिक पूर्वाधारतर्फ ३ अर्ब ७९ करोड विनियोजन


    आइतबार, जेष्ठ १५ २०७९
    980
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० मा औद्योगिक पूर्वाधारको लागि ३ अर्ब ७९ करोड रुपैयाँ विनियोजन गरेको छ । 

    अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । 

    ‘आगामी आर्थिक वर्षमा औद्योगिक पूर्वाधार तर्फ ३ अर्ब ७९ करोड रुपैयाँ रकम विनियोजन गरेका छौं,’ मन्त्री शर्माले भने । 

    उनले वाइन उद्योग खोल्न प्रोत्साहीत गरिने जनाए । मसलाजन्य वस्तुको उत्पादन वृद्धि गरिने  र कपास खेतीलाई प्रोत्साहीत गरिने समेत उनले बताए । 

    कर्णालीका मार्सी चामल लगायतका उत्पादनको बजारीकरण गरिने गरिने उनले जनाए । 

    चितवनको शक्तिखोर लगायतका क्षेत्रमा औद्योगिक क्षेत्र निर्माण गरिने र भैरहवा, सिमरा विशेष आर्थिक क्षेत्रलाई पूर्णरुपमा सञ्चालनमा ल्याइने उनले बताए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार