Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • लमजुङमा १० महिनामा ६३५ घरेलु उद्योग दर्ता


    आइतबार, जेष्ठ १५ २०७९
    570
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा  १० महिनाको अवधिमा ६३५ वटा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष ०७८/०७९ को साउनदेखि वैशाख महिनाको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएका कार्यालय प्रमुख मीताकुमारी थापाले बताइन् । उनका अनुसार यस अवधिमा २५३ वटा घरेलु उद्योगको नवीकरण भएको छ । 

    वाणिज्यतर्फ ३७५ नया दर्ता भएका छन् भने ३५८ वटा नवीकरण भएको छ । गत आार्थिक वर्षको साउनदेखि असारसम्ममा ९७० घरेलु उद्योग दर्ता भएको थियो । आव ०७७/२०७८ मा ३६९ उद्योग नवीकरण गरिएका छन् । वाणिज्यतर्फ एक वर्षको अवधिमा ६४० नयाँ दर्ता भएका छन् । त्यस्तै, ५५८ नवीकरण गरिएको घरेलु कार्यालयले जनाएको छ ।

    आव २०७६/०७७ मा ६६९ नयाँ घरेलु उद्योग दर्ता भएको उक्त कार्यालयले जनाएको छ । आव ०७५/७६ मा जम्मा ४६८ मात्रै कार्यालयमा घरेलु उद्योग दर्ता गरिएका थिए । त्यस्तै, ८७ घरेलु उद्योग नवीरण भएको थियो ।  सो अवधिमा वाणिज्यतर्फ ६२९ दर्ता भएका छन् भने नवीकरण १५७ भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार