Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • त्रियुगा नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार बस्नेतको अग्रता कायमै


    आइतबार, जेष्ठ १५ २०७९
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन्। कांग्रेसका उम्मेदवार बसन्त बस्नेतले १० हजार १ सय २ मतसहित अग्रता लिएका हुन्। 

    बस्नेतलाई पछ्याइरहेको एमालेका उमेदवार भागवत राउतले ८ हजार ३५२ मत प्राप्त गरेको निर्वाचन आयोगले प्रविष्ट गरेको तथ्यांकमा उल्लेख छ।

    नेकपा एकीकृत समाजवादीका मेयरका उमेदवार बलदेव चौधरी ७ हजार २५५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। 

    उपप्रमुखमा एमालेकी महेश्वरी राईले ९ हजार १ सय १६ मत प्राप्त गरेकी छिन्। उनकी प्रत्यासी कांग्रेसकी सरिता राईले ९ हजार ४५ मत प्राप्त गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार