Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बेलायतको सुपरयाटमा आगलागी


    आइतबार, जेष्ठ १५ २०७९
    640
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लन्डन । बेलायतको  डेभोन बन्दरगाहमा रहेको सुपरयाटमा ठूलो आगो लागेको छ । सो सुविधासम्पन्न याटले ८ हजार लिटर इन्धन बोकेको बताइएको छ । आपतकालीन सेवाहरूले हाल आगो निभाइरहेको डेभन र कर्नवाल प्रहरीले जानकारी दिएको छ । 

    आगोको धुवाबाट बच्न प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ । ‘हामी मानिसहरूलाई सो क्षेत्रबाट जोगिन र धुवाँका कारण ढोका÷झ्यालहरू बन्द गर्न आग्रह गरिरहेका छौं’, प्रहरीले ट्वीटमा भनेको छ । 

    सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बीर तथा भिडियोमा आगोको धुवाको कालो मुस्लोले वरपरको वातावरण ढाकेको छ । आगलागीमा कोही पनि घाइते नभएको प्रहरीले विज्ञप्तिमा जनाएको छ । 

    आगलागीमा याटमो क्षति भएको जनाइएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार