Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गणतन्त्रको विकल्प राजतन्त्र होइनः राजनीतिक विश्लेषक बराल


    आइतबार, जेष्ठ १५ २०७९
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । गणतन्त्र स्थापना भएको डेढ दशक हुँदा पनि राजतन्त्रको स्वर अझै सुनिँदै आएको छ ।

    राजतन्त्र र त्यससँग जोडिएका संरचनाको अवशेष भने छैन । संस्थागत रूपमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी  राजतन्त्रको पक्षमा वकालत गर्नेमध्येको ठूलो दल हो । 

    संसद्मा एक सिट रहेको दलको राजनीतिक कार्यदिशा नै राजतन्त्र र हिन्दू राज्यको पुनसर््थापना छ । 

    तर, गणतन्त्रको विकल्प जनताले २४० वर्षसम्म भोगेको निरंकुश राजतन्त्र नहुने प्रा.डा. लोकराज बराल बताउँछन् । 
    उनले विकल्प त अझ सुदृढ गणतन्त्र रहेको बताए । 

    ‘गणतन्त्र विश्वकै सबैभन्दा उत्कृष्टमध्येका एक शासन व्यवस्था हो । यसको कार्यान्वयनमा केही कमीकमजोरी सत्ता सञ्चालकहरूबाट भए सुधार्दै लानुपर्छ । तर, यसको विकल्प जनतालाई झण्डै अढाइ शताब्दी भोगेको निरंकुश राजतन्त्र हुन सक्दैन’, बरालले भने । 

    उनले सरकारले वार्षिक नीति तथा कार्यक्रममार्फत गणतान्त्रिक प्रणालीलाई मजबुत बनाउनेगरीका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । 

    तर, गणतन्त्रको विकल्प राजतन्त्र भन्दै आएको दल राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ भने कुशासन र भ्रष्टाचार गणतन्त्रमा पनि ब्याप्त भएका कारण गणतन्त्रको औचित्य समाप्त भएको दाबी गर्छन् । 

    हुन त दुई वर्ष पहिलेसम्म उनी पनि गणतन्त्रवादी नै थिए । तर, हाल यो एजेन्डाबाट पछि हटेका उनले गणतन्त्रको विकल्प संवैधानिक राजतन्त्र हुने तर्क गर्दै आएका छन् ।  गणतन्त्र १५ जेठ २०६५ मा स्थापना भएको हो । 
     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार